एनएमबी बैंकले ल्यायो ‘ओम्निच्यानल’, अनलाइनबाटै २५ भन्दा बढी सुविधा

काठमाडौं । एनएमबी बैंकले वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’ ल्याएको छ ।

 

एनएमबीको अनुसार डिजिटल बैंकिङको वास्तबिक अनुभव प्रदान गर्ने उदेश्यका साथ बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक यो सुविधा ल्याएको हो ।

 

यो सुविधासँगै अब एनएमबी बैंकका ग्राहकले बैंकको वेबसाइट र मोबाइल एपको प्रयोग गरी नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मुख्य बैंकिंग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् ।

 

केवाइसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट, टीडीएस स्टेटमेन्टहरू, बचत र एफडी खोल्न बन्द, समय अगावै एफडी प्रिम्याचुअर, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्कागर्न सकिने छ ।

 

खाता सक्रिय, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का, एक भन्दा बढी खाताहरू, डिमांड ड्राफ्टहरू जारी, एफडीआई प्रमाणपत्र प्राप्त, युएसडी कार्ड अनुरोध, टप अप, कर्जा योग्यता परिक्षण गर्न गर्न सकिने छ ।

 

खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू शाखासम्म पुग्नुको सट्टा ओम्निच्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिने एनएमबी बैंकले जनाएको छ ।

 

बैंकका अनुसार सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दे लगिने छ । ग्राहकहरूले आइओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ई एनएमबि मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्न सक्ने छन् ।

 

‘एनएमबी ओम्निच्यानलले ग्राहकले नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको सीमितता भन्दा माथि उठेर बैंकमा नधाईकनै प्रशस्त सम्भावनासहित मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न सक्छन्,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एनएमबी ओम्निच्यानल एक प्रक्रिया हो जसले सबै प्रकारको म्यानुअल कामको अन्त्य गर्नेछ ।

 

ग्राहकहरूले आइओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ‘भल्ःद्य’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरु अनुसरण गर्न सक्नेछन् ।

रियलमीद्वारा चार नयाँ एआईओटी डिभाइस सार्वजनिक, यस्तो छ मूल्य Read Previous

रियलमीद्वारा चार नयाँ एआईओटी डिभाइस सार्वजनिक, यस्तो छ मूल्य

अर्थतन्त्र उकास्न सिंगापुरद्धारा पौने ६ अर्ब डलरको राहात प्याकेज घोषणा Read Next

अर्थतन्त्र उकास्न सिंगापुरद्धारा पौने ६ अर्ब डलरको राहात प्याकेज घोषणा