काठमाडौं। सरकारले विदेशमा अलपत्र परेका नागरिका लागि हुने उद्धार उडान पुनः स्थगित गरेको छ ।
मंगलबारबाट पूर्वनिर्धारित उडानहरु तत्कालका लागि रद्द गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण बढेको, नेपालका अधिकांश स्थानमा निषेधित क्षेत्र घोषित गरेको र होटेल क्वारेन्टिनका लागि समेत व्यवस्थापन हुन नसकेपछि तत्कालका लागि विदेशबाट हुने उद्धार उडान रोकिएको हो ।
अब होटेल क्वारेन्टिनको सुनिश्चितता भएपछि मात्र उद्धार उडान सूचारु गर्ने गरी तत्कालका लागि उडान रोक्ने निर्णय भएको केन्द्रले उल्लेख गरेको छ ।
सोहीअनुसार यसअघि तय भएका सबै उडान रोकिएको नेपाल एयरलाइन्सले जनाएको छ । पाँचौ चरणको उद्धार उडान आजबाट प्रारम्भ भएको थियो ।