धोवीखोला करिडोरमा टोयोटा नेपालले रोप्यो ३६० रुख

काठमाडौं । नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले स्थानीयवासीसँगको सहकार्यमा धोवीखोला करिडोरमा वृक्षारोपण गरेको छ । युनाइटेड ट्रेडर्सको संयोजनमा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुख रोपिएको हो ।

 

आनन्दनगर धुम्बाराहीको बैजनी पुलदेखि पहेँलो पुलसम्मको क्षेत्रमा धोवीखोला करिडोरको दुवैतर्फ सो विरुवाहरु रोपिएको हो । उक्त स्थानमा रोपिएका विरुवा करबीरका हुन् ।

 

धेरै अग्लो नहुने करबीर जातका विरुवा सधै हरियो रङ्गको हुने र गुलाबी रङ्गको फुल फुल्ने जातको विरुवा हो । टोयोटाको यो सानो प्रयासले स्वस्च्छ तथा हराभरा सहर बनाउन मद्दत पुग्ने कम्पनीले विश्वास लिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

 

उक्त वृक्षारोपण कार्यक्रममा प्रदेश सांसद नारायन सिलवाल, सीता अधिकारी तथा बैद्ययज् अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज वैद्यको उपस्थिति रहेको थियो ।

 

सहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा तथा युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको कम्पनीका अध्यक्ष सुरज वैद्यले बताए ।

भारतले काम नगर्दा बन्दरगाह निर्माणको काम अलपत्र Read Previous

भारतले काम नगर्दा बन्दरगाह निर्माणको काम अलपत्र

१ अर्ब लगानीमा भीआईपी कोलोनी निर्माण गरिदै, असोजबाट निर्माण सुरु हुने Read Next

१ अर्ब लगानीमा भीआईपी कोलोनी निर्माण गरिदै, असोजबाट निर्माण सुरु हुने