हुलाकी राजमार्ग निर्माणमा हेलचक्र्याँइ, ११ वर्षमा आधा मात्र काम सम्पन्न

सांकेतिक तस्वीर

काठमाडौं । सरोकारवाला निकायको लापारबाही र ठेकेदारको हेलचक्र्याइँका कारण राष्ट्रिय गौरव आयोजना अन्तर्गत रहेका हुलाकी राजमार्ग निर्माण सुस्त देखिएको छ ।

 

१४ वर्षमा सम्पन्न गर्नुपर्ने आयोजना निर्माण शुरु भएको ११ वर्ष बितिसक्दा करिब आधा मात्र काम सम्पन्न भएको छ । सडक विभागका अनुसार आर्थिक वर्ष २०६६/६७ बाट निर्माण शुरु भएको आयोजनाको हालसम्म ५४ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

 

हालसम्म करिब ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नु पर्ने भए पनि ठेकेदार कम्पनीको लापारबाही, बजेट अभाव, ठेक्का प्रक्रियामा ढिलाई लगायत कारणले आयोजनाले गति लिन नसकेको हो ।

 

आर्थिक वर्ष २०७९/८० सालसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो राजमार्गको अब ३ वर्षमा बाँकी सबै काम पूरा गर्नु पर्ने हुन्छ जुन असम्भव जस्तै छ । हालसम्म करिब ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नु पर्ने भए पनि ठेकेदार कम्पनीको लापारबाही, कामदार अभाव, ठेक्का प्रक्रियामा विवाद लगायत कारणले आयोजनाले गति लिन नसकेको हो ।

 

कुल १ हजार ७९२.४२ किलोमिट लामो हुलाकी राजमार्ग अन्तर्गत पूर्व–पश्चिम हुलाकी राजमार्गको लम्बाइ ९७५ किलोमिटर र सहायक मार्गको ८१७.४२ किलोमिटर लम्बाइ रहेको छ ।जसमा पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत हालसम्म ५१२ किलोमिटर सडक कालोपत्र भएको छ भने २८८ किलोमिटर सडक ग्राभेलको काम सम्पन्न भएको छ । यस्तै, ३८६ किलोमिटर सडकको ठेक्का सम्झौता भइसकेको छ भने बाँकी सडकको ठेक्का प्रक्रिया अगाडि बढाइएको छ ।

 

सडक विभागका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा मात्र ६५.४ प्रतिशत भौतिक प्रगति भएको छ । गत आवमा १६८ ककिलोमिटर कालोपत्र गर्ने र ७० किलोमिटर ग्राभेल गर्ने लक्ष्य रहेको थियो । तर, सो आवमा कोभिडका कारण लक्ष्य अनुसार निर्माण हुन नसकेको सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले बताए ।

 

उनका अनुसार गत आवमा ९८ किलोमिटर सडक कालापत्र भएको छ । ग्राभेल लक्ष्य अनुरुप ७० किलोमिटर नै सम्पन्न भएको उनले बताए । आर्थिक वर्ष २०७५/७६ मा १९२ किलोमिटर सडक कालोपत्र भएको थियो । १३ किलोमिटर सडक ग्राभेल भएको थियो ।

 

हुलाकी राजमार्ग सडक खण्ड अन्तर्गत २१९ पुल निर्माण गर्नु पर्ने छ । हालसम्म ९५ वटा पुल निर्माण सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कुल ८ वटा पुल निर्माण सम्पन्न भएको थियो ।

 

उक्त आयोजना प्रारम्भिक लागत ४७ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको थियो । पछि संशोधित लागत रकम ६५ अर्ब २० करोड रुपैयाँ छ । उक्त सडक निर्माणका क्रममा हालसम्म ५४.२९ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना सुरु भएदेखि हालसम्म ३५ अर्ब रुपैयाँ हाराहारीमा बजेट खर्च भइसकेको सडक विभागका सूचना अधिकारी सुवालले जानकारी दिए ।

 

गत आर्थिक वर्षमा हुलाकी राजमार्गको वित्तीय प्रगति ७०.४५ प्रतिशत रहेको छ । गत आवमा ४ अर्ब २ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गत आवमा कुल ५ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।

 

हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्नु पर्ने समय ३ वर्ष मात्र बाँकी रहेपनि हालसम्म आधामात्र काम भएकाले समयमै पूरा हुने सम्भावन नरहेको देखिन्छ ।

 

हालसम्म करिब ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नु पर्ने भए पनि ठेकेदार कम्पनीको लापारबाही, कामदार अभाव, ठेक्का प्रक्रियामा विवाद लगायत कारणले आयोजनाले गति लिन नसकेको हो ।

तातोपानी नाकाबाट आयात निर्यात ठप्प, स्वास्थ्य सामग्रीसहितका सामान भन्सारमै रोकियो Read Previous

तातोपानी नाकाबाट आयात निर्यात ठप्प, स्वास्थ्य सामग्रीसहितका सामान भन्सारमै रोकियो

काठमाडौंमा १७२ सहित थप ६४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्यो Read Next

काठमाडौंमा १७२ सहित थप ६४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्यो