काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २४७ जनाको नमूना परीक्षणमा काठमाडौं उपत्यकामा १७२ सहित देशका विभिन्न जिल्लाका ६४१ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २३४ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १७ हजार ३३५ पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।