सेयर बजारमा झिनो सुधार, कारोबार रकम भने ३२ करोड घट्यो

काठमाडौं । सेयर बजारमा झिनो सुधार देखिएको छ । मंगलबार करिब ७ अंकले घटेको बजारमा डेढ अंकको सुधार देखिएको हो । सूचकमा सुधार देखिए पनि कारोबार भने करिब ३२ करोडले गिरावट आएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १.५१ अंकले बढेर १४२५.३२ बिन्दुमा पुगेको छ । यसदिन १८८ कम्पनीको ९५ करोड १९ लाख ६० हजार २०८ रुपैयाँ बराबरको कारोबार भएको छ । ३० लाख ३२ हजार ३११ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक उकालो लागेको छ भने ६ वटा समूहको परिसूचक ओरोलो लागेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३९.०८ अंकले बढेको छ भने विकास बैंक समूहको परिसूचक १०.८३ अंकले घटेको छ ।

 

कोराबार रकमका आधारमा आज युनाइटेड इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको ६ करोड २० लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज २ वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साधना लघुवित्त र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

आज नेपाल यूनियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.४५ प्रतिशतले घटेको छ ।

वेलायतको अर्थतन्त्रमा कोरोनाको ठूलो धक्का, दोस्रो चौमासिकमा २० प्रतिशतको गिरावट Read Previous

वेलायतको अर्थतन्त्रमा कोरोनाको ठूलो धक्का, दोस्रो चौमासिकमा २० प्रतिशतको गिरावट

मध्यपहाडी राजमार्ग पनि समयमै पूरा नहुने रोगबाट ग्रसित, १३ वर्षमा आधा पनि काम भएन Read Next

मध्यपहाडी राजमार्ग पनि समयमै पूरा नहुने रोगबाट ग्रसित, १३ वर्षमा आधा पनि काम भएन