नेपाल बैंकले दियो कोरोना कोषमा साढे ३ करोड

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जम्मा भएको ३ करोड ४६ लाख रुपैयाँ रकमको चेक नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष हस्तान्तरण गरेको छ ।

 

अर्थमन्त्री डा.युवराज खतिवडालाई सो बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उक्त चेक हस्तान्तरण गरे ।

 

बैंकले हरेक वर्ष आफ्नो मुनाफाको १ प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको थियो ।

 

देशभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन र मौद्रिक नीति, २०७७/७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

देशका विभिन्न स्थानमा भएको युरेनियम पदार्थ उत्खनन गर्न माग Read Previous

देशका विभिन्न स्थानमा भएको युरेनियम पदार्थ उत्खनन गर्न माग

जुम्लामा फल्न थाल्यो इटालेली फुजी स्याउ, खेती गर्ने कृषकले प्रतिबिरुवा ५०० अनुदान पाउने Read Next

जुम्लामा फल्न थाल्यो इटालेली फुजी स्याउ, खेती गर्ने कृषकले प्रतिबिरुवा ५०० अनुदान पाउने