काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सुनको भाउ यो साता लगातार गिरावट आएको छ । आइतबारदेखि ओरोलो लागेको सुनको भाउ ४ दिनमै करिब ८ हजारभन्दा बढीले घटेको छ ।
बुधबार एकैपटक सुनको भाउ तोलामै ६ हजार २ ०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर ९५ हजार ४०० रुपैयाँमा आएको छ ।
यस्तै, मंगलबार १ लाख मा कारोबार भएको तेजाबी सुन प्रतितोला ६ हजार घटेर ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको भाउमा पनि गिरावट आएको छ । मंगलबार १ हजार ४३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ प्रतितोल २२५ रुपैयाँ घटेर १२१० रुपैयाँमा आएको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार डलरभन्दा माथि पुगेको सुनको ह्वात्तै घटेर १८९३ डलरमा आइपुगेको छ ।