दोस्रो बजारमा प्रतिकित्ता १२१४ रुपैयाँ रहेको कम्पनीको सेयर १०० रुपैयाँमा किन्ने अवसर

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रदमा नबिकेको ८७ हजार ४१२ कित्ता सेयर आजदेखि लिलामीमा आएको छ ।

 

इन्स्योरेन्सले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरेको हकप्रदमा नबिकेको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

 

कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेको थियो । जसमा ३० लाख ८४ हजार ५१९ कित्ता बिक्री भएको थियो भने ८७ हजार ४१२ कित्ता बिक्री हुन सकेको थिएन ।

 

कम्पनीको लिलामीमा आएको सेयरमा २८ गतेसम्म आवेदन गर्न पाइनेछ । लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । जसमा कम्तीमा ५० कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । अहिले दोस्रो बजारमा शिखरको सेयर प्रतिकित्ता १ हजार २१४ रुपैयाँ हाराहारी छ ।

 

इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुलसीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयका साथै ग्रीन डेभलपमेन्ट बैंक बागलुङबाट आवेदन दिन सक्नेछन्।

९० प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच, १४ सय मेगावाट उत्पादन Read Previous

९० प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच, १४ सय मेगावाट उत्पादन

अन्तर्राष्ट्रिय उडानका लागि नेपालका दुईसहित १२ एयरलाइन्सको प्रस्ताव Read Next

अन्तर्राष्ट्रिय उडानका लागि नेपालका दुईसहित १२ एयरलाइन्सको प्रस्ताव