काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । आइतबार उत्साहजनक कारोबार भएपनि सूचकमा भने उच्च अंकको गिरावट आएको छ ।बजार खुलेदेखि नै उतरचढाव देखिएको बजार अन्त्यमा करिब ४३ अंकले घटेर बन्द भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ४२.७८ अंकले घटेर १३९६.२८ बिन्दुमा आइपुगेको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ रुपैयाँ बराबरको कारोबार भएको छ । ४६ लाख ६१ हजार ६०८ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक ओरालो लागेका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २८३.८ अंकले घटेको छ ।
कोराबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यसको २२ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल लाइफ इन्स्योरेन्स र एनएमबी बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज ५ वटा कम्पनीको मूल्यमा सर्किट ब्रेक लागेको छ । घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । आरम्भ चौतारी लघुत्ति, अजोड इन्स्योरेन्स, नेपाल फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज जोशी हाइड्रोपावरको घुवित्तको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।