साउदी अरामकोलाई पछि पार्दै एप्पल बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, सेयर मूल्यमा उछाल

साउदी अरामकोलाई पछि पार्दै आइफोन निर्माता अमेरिकी कम्पनी एप्पल विश्वको सबैभन्दा मूल्यवान (भ्यालूएबल) कम्पनी बनेको छ।

 

शुक्रबार एप्पलको सेयर मूल्यमा १० प्रतिशतको रेकर्ड वृद्धि भएसँगै सार्वजनिक रुपमा सूचीकृत कम्पनीहरुमध्ये एप्पल सबैभन्दा ठूलो कम्पनी बनेको हो ।

 

शुक्रबार सेयर बजार अन्त्य भएसँगै एप्पलको सेयर मूल्यमा १०.४७ प्रतिशत अर्थात् ४०.२८ डलरको उछाल देखिएको थियो । यसका आधारमा कम्पनीको प्रतिसेयर मूल्य ४२५.०४ डलर पुगेको छ । योसँगै कम्पनीको बजार पूँजीकरण १८ खर्ब २० अर्ब  (१.८२ ट्रिलियन) डलर पुगेको छ ।

 

यसैगरी गत वर्ष सेयर बजारमा सूचीकृत कम्पनी साउदी अरामकोको बजार पूँजीकरण १७ खर्ब ६० अर्ब डलर रहेको छ ।
एजेन्सी

ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल, ३७५ प्रहरी क्वारेन्टिनमा Read Previous

ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल, ३७५ प्रहरी क्वारेन्टिनमा

कुवेतद्वारा नेपालसहित ३० देशका यात्रुलाई प्रवेशमा प्रतिबन्ध Read Next

कुवेतद्वारा नेपालसहित ३० देशका यात्रुलाई प्रवेशमा प्रतिबन्ध