रिलायन्स लाइफले पायो ६३ करोडको आइपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

 

कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै गत असार २१ गते बोर्डमा निवेदन दिएको थियो ।

 

बीमा कम्पनीले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन कम्पनीले आइपीओ निष्काशन गर्न लागेको हो ।हाल १ अर्ब ४७ करोड चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपछि चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

 

कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

 

यसैगरी, कम्पनीले आइपीओ निष्काशन गर्न क्रेडिट रेटिङ्ग समेत गराइसकेको छ । इक्रा नेपालले इन्स्योरेन्सको आइपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ।

३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’ कोहलपुर-सुर्खेत प्रसारण लाइन Read Previous

३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’ कोहलपुर-सुर्खेत प्रसारण लाइन

सैनिक कल्याणकारी कोषको सम्पत्ति साढे ५१ अर्ब पुग्यो, १ वर्षमै थपियो ७ अर्ब Read Next

सैनिक कल्याणकारी कोषको सम्पत्ति साढे ५१ अर्ब पुग्यो, १ वर्षमै थपियो ७ अर्ब