जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब १ लाख राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले दुई साताका अवधिमा १ हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति १०० रुपैयाँका दरले १ लाख ५ हजार ९०० राजश्व सङ्कलन गरेको हो ।
कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई १०० रुपैयाँ जरिवाना निर्देशन दिएको थियो ।
सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए। रासस