बुद्ध एयरले खुलायो टिकट बुकिङ

काठमाडौं। निजी क्षेत्रको वायु सेवा प्रदायक बुद्ध एयरले आन्तरिक उडानको लागि टिकट बुकिङ खुला गरेको छ। सरकारले आगामी भदौ १ गतेदेखि हवाइ उडान सञ्चालन गर्ने निर्णय गरसँगै सुरु बुद्धले टिकट बुकिङ खुला गरेको हो ।

 

बुद्धले भदौ १ गते देखि उडानका लागि टिकट आजदेखि बुकिङ सुरु गरेको हो । बुद्ध एयरको आधिकारीक वेबसाइटमा गएर टिकट बुकिङ गर्न सकिनेछ । हाल नियमित भाडादरमै टिकट बुकिङ खुलाइए पनि केही दिनमै योजना सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

 

नियमित उडान सुरु भएलगत्तै सस्तो भाडादरमा यात्रुलाई सेवा दिने योजना रहेको कम्पनीले जनाएको छ ।बुद्धले यसअघिनै सुरक्षा प्रोटोकल अपनाई हवाइ उडानको पूर्वअभ्यास गरेको थियो । हवाइ सेवा सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको कम्पनीले  जनाएको छ ।

 

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउन लागू गरेसँगै आन्तरिक तथा बाह्य हवाइ उडानमा रोक लगाएको थियो ।

 

मुख्य सिजनमै ठप्प छ चुरा पोतेको व्यापार, व्यापारी भन्छन्–व्यापार नै छैन कसरी परिवार पाल्ने Read Previous

मुख्य सिजनमै ठप्प छ चुरा पोतेको व्यापार, व्यापारी भन्छन्–व्यापार नै छैन कसरी परिवार पाल्ने

थप १५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नजिक, एकैदिन ६०९ डिस्चार्ज Read Next

थप १५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नजिक, एकैदिन ६०९ डिस्चार्ज