अब शिवम् सिमेन्ट मोबाइल एपबाटै किन्न सकिने

काठमाडौं । शिवम् सिमेन्ट अब मोबाइल एपबाटै किन्न सकिने भएको छ ।

 

कोभिड १९ को विषम परिस्थितिलाई मध्येनजर गर्दै शिवमले ग्राहकलाई सहज रूपमा सिमेन्ट खरिद सुविधा दिन सिमेन्ट जगतमै पहिलोपटक ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ ।

 

उक्त एपबाट सुपथ मूल्यमा आफूलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । साथै भुक्तानीका लागि लागि खल्ती, इसेवा, कनेक्ट आइपीएस अथवा क्यास अन डेलिभरीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

 

ग्राहकले गुगल प्ले स्टोर तथा आइओएस एप स्टोरबाट शिवम् मोबाइल एप डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपको सीजी ल्याण्डमार्कले दियो ४ महिनाको भाडा छुट Read Previous

चौधरी ग्रुपको सीजी ल्याण्डमार्कले दियो ४ महिनाको भाडा छुट

‘बिटक्वाइन काण्ड’मा बाराक ओबामादेखि जेफ बेजोससम्मको ट्विटर अकाउन्ट ह्याक Read Next

‘बिटक्वाइन काण्ड’मा बाराक ओबामादेखि जेफ बेजोससम्मको ट्विटर अकाउन्ट ह्याक