आइपीओ भर्नेको संख्यामा रेकर्ड, अजोड इन्स्योरेन्समा दिए अहिलेसम्मकै धेरैले आवेदन

काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले निष्काशन गर्ने प्राथमिक साधरण सेयरमा सर्वसाधरणको ठूलो आकर्षण देखिएको छ ।

 

यही महिनामा खुलेका ३ कम्पनीको आइपीओमा परेको आवेदन हेर्दा आइपीओ प्रति लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ ।

 

सोमबार बन्द भएको अजोड इन्स्योरेन्सको आइपीओमा अहिलेसम्मकै धेरै लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ५ लाख २ हजार २९८ आवेदकले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएाका छन् ।

 

कुनै पनि आइपीओमा आवेदकको संख्याका आधारमा यति धेरै जनाले आवेदन दिएको यो अहिलेसम्मकै धेरै हो । यसअघि साधना लघवित्तको आइपीओमा करिब साढे ४ लाखले आवेदन दिएका थिए ।

 

अजोडले असार २५ गतेदेखि २९ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

 

कम्पनीले निष्काशित गरेको कुल साधारण सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अथात् १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषको छुट्याएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणलले आवेदन दिएका हुन् ।

 

२७ लाख ३० हजार कित्ता सेयर १० कित्ताको दरले दुई लाख ७० हजार ३०० आवेदकलाई वितरण हुनेछ भने बाँकी रहेका २ लाख ३२ हजार आवेदकको भने हात खालि हुने भएको छ । यद्यपि आवेदकको भेरीफाइ हुन बाँकी नै रहेकाले आवेदकको संख्या केही घट्न सक्नेछ ।

वैकल्पिक आम्दानीको गतिलो माध्यम बन्दै मौरीपालन, न श्रमिक चाहिने, न बजारकै अभाव Read Previous

वैकल्पिक आम्दानीको गतिलो माध्यम बन्दै मौरीपालन, न श्रमिक चाहिने, न बजारकै अभाव

१० लाख दिए बैंकबाट साढे ३ करोड ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ Read Next

१० लाख दिए बैंकबाट साढे ३ करोड ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ