कोरोना महामारीकै बीच वैदेशिक रोजगारीमा जानेको लर्को, एकहप्तामै १८ सयले लिए श्रम स्वीकृति

काठमाडौं । कोरोना महामारीकै बीच वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । करिब ४ महिनापछि गतहप्तादेखि सरकारले रोजगारीका लागि विदेश जान श्रम अनुमति दिन थालेसँगै एकहप्तामै करिब १८ सयले पुनः श्रम स्वीकृति लिएका छने ।

 

वैदेशिक रोजगार विभागका अनुसार १८ गतेयता शुक्रबारसम्ममा १ हजार ७८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्। जसमा १९६ महिला र १ हजार ५८६ पुरुषले श्रम स्वीकृति लिएका विभागले जनाएको छ।

 

सबैभन्दा धेरै यएईका लागि श्रम स्वीकृति लिएका छन् । शुक्रबारसम्म यूएईका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ८३१ छ। यस्तै, कतारका लागि २००, मलेसिया १६८, जापान २८३ र ५७ जनाले कुवेतका लागि श्रम स्वीकृति लिएका छन् । अहिलेसम्म २८ देशका लागि पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

 

यही असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी बिदामा आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो।

 

यस्तै यसअघिको करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञाको म्यादसमेत थप भएका व्यक्तिलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

पशुपतिको ५३४ रोपनी जग्गामा व्यक्तिको रजाइँ, २३१ रोपनी जग्गा नै गायब Read Previous

पशुपतिको ५३४ रोपनी जग्गामा व्यक्तिको रजाइँ, २३१ रोपनी जग्गा नै गायब

गुणस्तरहीन वस्तु उत्पादन गर्ने गोयन्का सिमेन्ट र कमला स्टिललाई कारबाही Read Next

गुणस्तरहीन वस्तु उत्पादन गर्ने गोयन्का सिमेन्ट र कमला स्टिललाई कारबाही