कोरोना महामारीकै बीच खुले मुम्बईका होटल, यस्तो छ सञ्चालन व्यवस्था

मुम्बइमा रहेका होटलहरु उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी  खुला गरिएको छ । ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठाहरु भने सरकारले कोरोना भाइरसका संक्रमितहरुलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ ।

 

तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका यहाँका होटलहरु बुधबारदेखि भने खुलेको मुम्बइबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो समाचार अनुसार ती होटलहरुले भने कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सक्दो मात्रामा सतर्कता अपनाएको बताएका छन् ।

 

यसअघि महाराष्ट्र सरकारले यहाँका होटलहरु सञ्चालन गर्न दिएको थिएन । महाराष्ट्र भारतमा सबैभन्दा बढी मात्रामा कोरोना भाइरसको संक्रमण हुने राज्यका रुपमा पर्दछ । होटलको क्षमता अनुसारका पाहुनाहरु राख्न र सेवा गर्न पनि पाइने छैन । ती होटलहरु खुल्नु अगाडि पनि राम्रो सँग सफा गर्ने र स्यानिटाइजर प्रयोग गरेर संक्रमण हुन नदिने अवस्थामा ल्याइएको बताइएको छ ।

 

एउटै होटलमा कतै पाहुनालाई सेवा दिने र कतै क्वारेन्टाइन बनाइ राख्ने गर्दा झनै संक्रमणको खतरा हुने भएकोले यी दुई क्षेत्रलाई अलग अलग गरेर राखिएको बताइएको छ । मुम्बई भारतको आर्थिक राजधानीका रुपमा पनि चिनिन्छ । यहाँ पर्यटन व्यवसायका ठूला संरचनाहरु रहेका बताइन्छ ।
एजेन्सी

किस्ता तिर्न बारम्बार ताकेतापछि व्यवसायीले बैंकलाई बुझाए १५५ गाडीको चाबी Read Previous

किस्ता तिर्न बारम्बार ताकेतापछि व्यवसायीले बैंकलाई बुझाए १५५ गाडीको चाबी

राजश्व चुहावट गर्ने ६ कम्पनीविरुद्ध मुद्दा दायर, ७७ करोड बिगो दाबी Read Next

राजश्व चुहावट गर्ने ६ कम्पनीविरुद्ध मुद्दा दायर, ७७ करोड बिगो दाबी