काठमाडौं । आज (असार २५ गते) देखि अजोड इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) खुलेको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशन गर्न गरेको हो ।
कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार सामूहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहेको २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन सकिने छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। इन्स्योरेन्सको आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, अजोड इन्स्योरेन्सको कार्यालय र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।
इन्स्योरेन्सको आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको देखाउँछ।
हाल ७० करोड चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपछि चुक्तापूँजी १ अर्ब रुपैयाँ पुग्नेछ।
कति कित्ताका लागि आवेदन दिनु उपयुक्त
लघुवित्तले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।
सो अनुसार लघुवित्तको आइपीओ २ लाख ७३ हजार आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्दछ। तसर्थ २ लाख ७३ हजार जनाले मात्र भरे भने सबैले १० कित्ता पाउछन् भने सो भन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट १० कित्ता पाउने सम्भावना हुन्छ ।
हालसम्म खुलेका आइपीओमा ४ लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ताका लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।