एनआइसी एशिया लघुवित्तको सेयर बिहीबारदेखि कारोबार हुने, कति पायो ओपनरेञ्ज

काठमाडौं। एनआइसी एशिया लघुवित्तको प्राथमिक साधरण सेयर (आइपीओ) बुधबार नेप्सेमा सूचीकृत भएको छ ।

 

गत शनिबार आइपीओ बाँडफाँट गरेको कम्पनीले संस्थापक र आइपीओ गरी कुल १ करोड ४८ कित्ता सेयर सूचीकरण गरेको हो । योसँगै अब बिहीबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।

 

नेप्सेले कम्पनीको कारोबारका लागि एनआइसीएलबीएसएल (NICLBSL) कारोबार संकेत प्रदान गरेको छ।

 

लघुवित्तले असार १० गतेदेखि सर्वसाधारणमा सर्वसाधारणमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

 

नेप्सेले लघुवित्तको सेयर पहिलो कारोबारका लागि ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। यही रेञ्जमा आधारित रहेर लघुवित्तको कारोबार खुल्ने छ ।

लकडाउनमा छापियो साढे ३ लाख स्मार्ट लाइसेन्स, अझै २ लाख छाप्न बाँकी Read Previous

लकडाउनमा छापियो साढे ३ लाख स्मार्ट लाइसेन्स, अझै २ लाख छाप्न बाँकी

सेयर बजारमा करेक्शन, कारोबार रकम भने उत्साहजनक Read Next

सेयर बजारमा करेक्शन, कारोबार रकम भने उत्साहजनक