सेयर बजारको उकालो यात्रा जारी, सवा १ अर्बको कारोबार हुँदा डेढदर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । यो साता सेयर बजार निरन्तर उकालो लागेको छ । आइतबार करिब १० अंकले बढेको बजार पछिल्ला दुई दिनमा लगातार दोहोरो अंकले बढेको छ ।

 

मंगलबार सेयर बजार मापक सूचक नेप्से ३७.९३ अंकले बढेर १३३६.६६ विन्दुमा पुगेको छ । आज १७८ कम्पनीको १ अर्ब २१ करोड २४ लाख २६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ । २८ लाख ८३ हजार ९४८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

कारोबार भएका १२ वटै समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक ३६५.४६ अंकले बढेको छ । बैंकिङ समूहको परिसूचक २५.८३ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको ९ करोड १२ लाख ६७ हजार ८३ रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र हिमालय डिस्ट्रिलरीको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।

 

आज डेढ दर्जनभन्दा बढी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पुनर्बीमा कम्पनी, मञ्जुश्री फाइनान्स, नेपाल सेवा लघुवित्तसहित ५ कम्पनीको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

आज खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ३.८५ प्रतिशतले घटेको छ ।

भक्तपुरमा भर्खरै खनेको इनारबाट निस्कियो ग्यास, आगलागी हुँदा एक घाइते Read Previous

भक्तपुरमा भर्खरै खनेको इनारबाट निस्कियो ग्यास, आगलागी हुँदा एक घाइते

कोरोना महामारीकै बीच दुबईमा पर्यटकका लागि आगमन खुला, स्वास्थ्य बीमा अनिवार्य Read Next

कोरोना महामारीकै बीच दुबईमा पर्यटकका लागि आगमन खुला, स्वास्थ्य बीमा अनिवार्य