भक्तपुरमा भर्खरै खनेको इनारबाट निस्कियो ग्यास, आगलागी हुँदा एक घाइते

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएका छन् ।

 

भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो । उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

उदयपुर स्थायी घर भएकी उनले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खनेकी थिइन् ।  इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ ।

 

सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो । सो वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।रासस

झाँक्री उपसमितिको प्रतिवेदन : बैंकलाई ब्रोकर लाइसेन्सदेखि ब्रोकरको चुक्ता पूँजी १० करोड पुर्याउन सुझाव (प्रतिवेदन सहित) Read Previous

झाँक्री उपसमितिको प्रतिवेदन : बैंकलाई ब्रोकर लाइसेन्सदेखि ब्रोकरको चुक्ता पूँजी १० करोड पुर्याउन सुझाव (प्रतिवेदन सहित)

सेयर बजारको उकालो यात्रा जारी, सवा १ अर्बको कारोबार हुँदा डेढदर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारको उकालो यात्रा जारी, सवा १ अर्बको कारोबार हुँदा डेढदर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट