सडक विभागले निर्माण व्यवसायीलाई ७ अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौं । सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम ७ अर्ब पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो ।

 

यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले बताए ।

 

कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले दिन सकेको थिएन । आर्थिक वर्षको अन्तिम भएकाले विभागले चालू आवको भुक्तानी यही महिनाभर गरिसक्नुपर्ने बाध्यता छ ।

 

निर्माणको काम भइसकेको ठेक्कामा भुक्तानी गर्नुपर्ने विभागको जिम्मेवारी भएको उनले बताए । उनले भने, ‘काम गरेपछि पैसा माग्नु स्वभाविक हो, चाँडो भुक्तानीका लागि पहल गरिरहेका छौँ ।’

 

विभागमा यही २५ गतेसम्ममा भुक्तानीका लागि विल आइसक्ने उपमहानिर्देशक सापकोटाले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा कुराकानी भइरहेको छ । उनले भने, ‘अर्थ मन्त्रालय पनि यसमा गम्भीर छ, छिट्टै विनियोजन हुने हाम्रो विश्वास छ ।’

असार भित्रै मेलम्चीको पानी उपत्यकामा झार्ने तयारी,  घरघरमा पुग्न भने अझै समय लाग्ने Read Previous

असार भित्रै मेलम्चीको पानी उपत्यकामा झार्ने तयारी, घरघरमा पुग्न भने अझै समय लाग्ने

सीडीएसले सीईओका लागि माग्यो दरखास्त, कस्ता व्यक्तिले दिन सक्छन् आवेदन Read Next

सीडीएसले सीईओका लागि माग्यो दरखास्त, कस्ता व्यक्तिले दिन सक्छन् आवेदन