अमेरिकामा नेपाल भ्रमण शुरु

काठमाडौं । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् ।

 

प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित आवासीय नेपाली सङ्घले जनाएको छ ।

 

पछिल्ला वर्षहरूमा विश्वका कतिपय राष्ट्रका गैरआवासीय नेपाली सङ्घअन्तर्गत सङ्गठित उनीहरूले विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

 

यसै सिलसिलामा जुलाई २१, २०१९ का दिन आयोजित उक्त सङ्घको मेरिल्याण्ड च्याप्टरको एक कार्यक्रममा च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले आयोजना गरेको ‘भिजिट नेपाल २०२० अभियान’ नेपाली मूलका ‘स्टेट डेलिगेट’ ह्यारी भण्डारी र महावाणिज्यदूत प्रेमराजा महतले ‘आफू पनि नेपाल जाऔँ, अरूलाई पनि नेपाल पठाऔँ’ भन्ने नारासहितको ब्यानर संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

 

उक्त च्याप्टरको प्रथम बैठकले संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई सो अभियानको संयोजक चयन गरेको छ ।रासस

कर्जा प्रवाह गर्दा चर्को सेवा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन Read Previous

कर्जा प्रवाह गर्दा चर्को सेवा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

अन्न बालीको विकल्प नगदे बाली : किसानहरु चिया खेतीतर्फ आकर्षित Read Next

अन्न बालीको विकल्प नगदे बाली : किसानहरु चिया खेतीतर्फ आकर्षित