कोरोनाबाट सामान्य अवस्थामा फर्किँदै फ्रान्स, १०४ दिनपछि खुल्यो आइफेल टाबर

कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको फ्रान्सको आइफेल टाबर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ ।

 

विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।

 

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टाबरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ ।

 

सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टाबरको लिफ्ट भने बन्द गरिने छ ।
एजेन्सी

न हिउँद न वर्षामा सुरक्षित छ सडक, काठको पुलबाटै गाडी तार्नुपर्ने बाध्यता Read Previous

न हिउँद न वर्षामा सुरक्षित छ सडक, काठको पुलबाटै गाडी तार्नुपर्ने बाध्यता

अस्ट्रेलियाको ध्वजाबाहक क्वान्टास एयरले ६ हजार कर्मचारी हटाउँदै Read Next

अस्ट्रेलियाको ध्वजाबाहक क्वान्टास एयरले ६ हजार कर्मचारी हटाउँदै