मेगा बैंकद्वारा १० प्रतिशत भन्दा बढी लाभांश दिने घोषणा

काठमाण्डौ । मेगा बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ का लागि दोहोरो अंकको लाभांश वितरण गर्ने घोषणा गरेको छ । जस अनुसार यस वर्ष सेयरधनीले कम्तीमा १० प्रतिशत भन्दा बढी लाभांश पाउने छन् ।

 

बैंकको मंगलबार नवौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले यस्तो घोषणा गरेकी हुन् । उनले विगतमा आफूहरुले गरेको प्रतिबद्धताअनुसार यो वर्ष आफ्ना सेयरधनीहरुलाई दोहोरो अंकको लाभांश वितरण गर्न लागेको बताइन् ।

 

मेगा बैंकले आर्थिक वर्ष २०७४/७५ मा ७.८५ प्रतिशत लाभांस वितरण गरेको थियो । जसमा नगद ६.८५ प्रतिशत र बोनस १ प्रतिशत दिएको थियो ।

 

 

सहस्राब्दी पदमार्गमा ५० हजार पदयात्री हिँडाउने लक्ष्य Read Previous

सहस्राब्दी पदमार्गमा ५० हजार पदयात्री हिँडाउने लक्ष्य

युनाइटेड इन्सुरेन्सले तोक्यो २४०% हकप्रदको लागि बुक क्लोज मिति Read Next

युनाइटेड इन्सुरेन्सले तोक्यो २४०% हकप्रदको लागि बुक क्लोज मिति