ग्राहकबाट उठाएको महसुल अपचलन गर्ने प्राधिकरणका ८ कर्मचारी विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएको आयोगको अध्ययनबाट खुलेको छ ।

 

आयोगका अनुसार राजश्व अपचलन गरेको अभियोगमा शर्माविरुद्ध २० लाख ३३ हजार २७२ रुपैयाँ, प्राधिकरणका कर्मचारीहरु अरविन्दप्रसाद जयसवालविरुद्ध ४ लाख ७५ हजार ४६६ र बागेश्वरीकुमारी कर्णविरुद्ध ५३ हजार ८२१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

 

यस्तै कर्मचारीहरु चन्द्रभूषण महत्तो ४ लाख ६ हजार १३९, धर्मेन्द्रकुमार महतो रु ६६ हजार ८३७, अजितमान सिंह २२ हजार ८१३, स्मिता कट्टेल ७ लाख ७४ हजार १०४, अञ्जुकुमारी बस्नेत १२ हजारबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

सिद्धार्थ बैंक र एफवान सफ्टबीच ‘क्वीक भुक्तानी’ सम्झौता Read Previous

सिद्धार्थ बैंक र एफवान सफ्टबीच ‘क्वीक भुक्तानी’ सम्झौता

लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त Read Next

लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त