एफएनसीसीआईकाे साधारण सभा साउन २६ र २७ गते

नेपाल उद्योग बाणिज्य महासंघको साधारण सभा आगामी साउन २६ र २७ गते हुने भएको छ ।

 

गत चैत २८ र २९ गते हुनु पर्ने साधारण सभा कोभिड १९ को संक्रमणको कारण समयमा हुन सकेको थिए । अहिले लकडाउनलाई खुकुलो पार्दै अगाडि जाने रणनीति सरकारले तयार गरेसँगै महासंघको साधारण सभा गर्ने मिति कार्यसमितिले गरेको हो ।

 

यस साधारण सभाबाट महासंघको नयाँ नेतृत्व समेत हुने हुँदा सबैले यो साधारण सभालाई विशेषरुपमा हेरेका छन् । यस पटक बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष बन्ने छन् भने बरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी र सदस्यहरु निर्वाचनबाट आउने छन् ।

 

महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान बीच प्रतिस्पर्धा हुने निश्चित जस्तै रहेको छ ।

 

यी दुबै बरिष्ठ उपाध्यक्षका उमेद्वारले पदाधिकारीदेखि सदस्यसम्म नै प्यानलै निर्माण गरेर चुनावी कार्यक्रममा जाने तयरी गरिरहेका छन् ।

 

ढकाल प्यानलमा जिल्ला नगर उपाध्यक्षमा गुणनीधि तिवारी, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उमेद्वारी दिने छन् भने प्रधानको प्यानलमा जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, बस्तुगतमा अञ्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति उमेद्वार बन्ने भएका छन् ।

व्यापार सम्झौताका लागि ट्रम्पले चीनविरुद्धको प्रतिबन्ध रोकेको खुलासा Read Previous

व्यापार सम्झौताका लागि ट्रम्पले चीनविरुद्धको प्रतिबन्ध रोकेको खुलासा

नेपालकै सबैभन्दा ठूलो बायोग्यास प्लान्ट संकटमा, खपत नहुँदा दैनिक ३०० किलो ग्यास खेर Read Next

नेपालकै सबैभन्दा ठूलो बायोग्यास प्लान्ट संकटमा, खपत नहुँदा दैनिक ३०० किलो ग्यास खेर