ट्याक्सी चालक भन्छन् : ट्याक्सी ग्यारेजमा थन्क्याएर घरखर्च र बैंकको ऋण कसरी तिर्ने

काठमाडौं । दीपक नेपाल विगत एक सालदेखि ट्याक्सी चलाउने पेशामा आबद्ध छन् । वैदेशिक रोजगारबाट केही गर्न नसकेपछि उनी आफ्नै देशमा केही गर्ने मनशायसहित फर्किए । र, किस्तामा ट्याक्सी किनेर चलाउन थालेका थिए ।

 

त्यही ट्याक्सी चलाएर उनले ४ जनाको परिवार पाल्नु परेको छ । ट्याक्सीको किस्ता अहिलेसम्म जसोतसो धान्दै आएको उनले बताए । जब विश्वमा फैलिरहेको कोरोना भाइरसका कारणले नेपालमा पनि असर परेको छ । दैनिक संक्रमित बढिरहेको अवस्था छ । नेपाल सरकारले चैत्र ११ गतेदेखि नै देशभर लक डाउन गरे । त्यसदिनदेखि दीपकको ट्याक्सी थन्किएको छ ।

 

तर, घर भाडा, रासन, सबै खर्च उस्तै छ, त्यसमा कुनै परिवर्तन आउन सकेको छैन् । काठमाडौंमा केही २/४ घरधनीहरुले भाँडा लिएनन् होला तर, ९९ प्रतिशत सबै जसो घरबेटीले घरभाडामा एक रुपैयाँ छुट पनि दिएका छैनन् । सरकारले घर भाडा छुट गर्नु पर्ने विषय सरकारी कार्यालयमै सीमित रहेको हुनुपर्छ ।

 

विगत ८७ दिनदेखि दीपकको ट्याक्सी चलेको छैन । लक डाउन गर्नु सबैको सुरक्षालाई मध्यनजर गरेरै हो यसमा कसैले गलत भनेका छैनन् । तर, दीपक जस्ता ट्याक्सी चालकहरुले केही नखाई भए पनि फाइनान्सको किस्ता तिर्नु परिरहेको छ । उनले मासिक ४० हजार रुपैयाँ किस्ता तिर्दै आएका छन् । जसोतसो अहिलेसम्म किस्ता तिरेका उनी अबको दिनहरुमा किस्ता कसरी तिर्ने पिरले रातभरी निन्दाउन सकेका छैनन् । किस्ता तिर्न पनि नसक्नु र लकडाउन पनि सकिए कतै गाडी फाईनन्सले त लाने हैन भन्ने चिन्ता छन् उनी ।

 

सरकारको लकडाउन खुकुलो बनाउने नितिमा ट्याक्सी व्यावसायी पर्न नसकेको उनको गुनासो रहेको छ । ‘सम्पूर्ण पसल, रेस्टुरेन्ट, निजी सवारी र सम्पूर्ण सरकारी कार्यलय खुल्ने तर ट्याक्सी किन नखुल्ने?,’ दीपकले भने ‘कार र ट्याक्सिमा के अन्तर छ ? नियम र मापदण्ड बनाए हामी त्यो अनुसार चलाउन तयार छौं ।’

 

विश्वका सबै मुलुकमा ट्याक्सीलाई दोस्रो एम्बुलेन्सको दर्जा दिइएको पाइन्छ र सधैं चलाउन अनुमति हुन्छ तर, नेपालको सन्दर्भमा त्यसो नभएकोमा उनले अचम्म व्यक्त गरे ।

 

उनले सरकार र ट्राफिक प्रहरीले ट्याक्सी व्यवसायीहरुको मर्का कहिले बुझ्न नखोजेको बताए । निजी सवारीहरु जोर विजोर प्राणालीमा चलाइरहँदा ट्याक्सि किन चल्न नदिइएको भन्दै प्रश्न गरे ‘के हामिले सरकारलाई कर तिरेका छैनौं ?’

 

असार एक गतेबाट ट्याक्सी चल्न दिने भन्ने सुनेर १ गते ट्याक्सी निकालेका उनले अब त किस्ता तिर्न केही सहज हुने सोचेका थिए । तर, प्रहरीले ट्याक्सी चलाउन पाइदैन भन्दै १२ घण्टा होल्ड गरिदिए पछि उनको त्यो आसा तुइयो । त्यसपछि उनलाई लाग्यो देश मात्र धनिको रहेछ गरिबको होइन । गरिब रोगले भन्दा भोकले मर्ने स्थित हुदा समेत सरकारले केही नगर्दा उनको मन खिन्न भयो । यस्तै अनगिन्त कुरा सोच्दै उनी आफ्नो डेरा फर्किए र साझ ७ बजे पुनः हिडेर होल्ड गरियोएको गाडी लिन गए ।

 

हिजोका दिनमा पनि सरकारले ट्याक्सी चालकको पीडालाई अनदेखा गरी ०६९ सालदेखिको ट्याक्सी मिटर भाडा समायोजन गरेको थिएन । अझ पनि सरकारले चाहे ऋणको ब्याजमा केही मिनाहा कि बिनासर्त किस्ता तिर्ने समय थप गर्न सहयोग पुर्याए ट्याक्सी चालकहरुलाई केही सहज हुने उनी बताउँछन् । ‘सरकारले ऋणमा केही मिनाहा वा बिनासर्त किस्ता तिर्ने गरी समय थप गरिदिए पनि हामी जसोतसो पछि तिर्ने थियौँ,’ दीपकले भने ।

 

दीपक जस्ता काठमाडौंमा १२/१३ हजार ट्याक्सी चालक रहेका छन् । ती मध्ये कोही साउलाई ट्याक्सी बुझाएर अर्के रोजगारीको खोजीमा रहेका छन् । कोही फेरि विदेश पलायन हुने सम्भावना धेरै रहेको छ । कोरोनाका कारण विदेशमा भएका युवा स्वदेश फर्किए पनि नेपालमै स्वरोजगार गर्दै बसेका विभिन्न पेशाका मानिसहरु अब विदेश पलाउन हुन सक्ने ठूलो सम्भावना रहेको छ ।

खाद्य कम्पनीले फेरि बेच्न थाल्यो इन्डक्शन चुल्हो, कति पर्छ मूल्य Read Previous

खाद्य कम्पनीले फेरि बेच्न थाल्यो इन्डक्शन चुल्हो, कति पर्छ मूल्य

दुबइमा जुलाई ७ देखि विदेशी पर्यटकलाई आगमन खुला हुने Read Next

दुबइमा जुलाई ७ देखि विदेशी पर्यटकलाई आगमन खुला हुने