अब सेयर लगानीकर्ताले जुनसुकै राजस्व कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन पाउने

काठमाडौं । अब सेयर लगानीकर्ताले जुनसुकै राजस्व कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन पाउने भएका छन् ।

 

आन्तरिक राजस्व कार्यालयले धितोपत्र कारोबारमा हुने पूँजीगत लाभकर अब विद्युुतीय प्रणाली (इटीडीएस) मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले जुनसुकै राजश्व कार्यालय वा करदाता कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था गरेको हो ।

 

आन्तरिक राजस्व कार्यालयले सेयर कारोबारमा लाग्दै आएको करसम्बन्धमा थप स्पष्ट पार्दै अब उप्रान्त विद्युुतीय प्रणालीमार्फत् करदाखिला भएको अवस्थामा सम्बन्धित व्यक्तिले आफूलाई पायक पर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था लागू गरेको हो ।

 

यसअघि धितोपत्र कारोबार गर्ने लगानीकर्ताहरुले ब्रोकर कम्पनी, सिडिएससी, नेप्से, ठूला कर कार्यालय र कर कार्यालयको लामो चक्कर काट्नुपर्ने अवस्थालाई राजस्व विभागले सहज बनाइदिएको हो ।

 

अब यससँगै प्राकृतिक व्यक्तिले अन्य क्षेत्रमा कर नछलेको भए यसलाई अन्तिम करका रुपमा स्वीकार गरी तुरुन्तै कर चुक्ता प्रमाणपत्र दिइनेछ ।

वैदेशिक लगानीका अधिकांश सडक योजना  र सुरुङमार्गको काम ठप्प Read Previous

वैदेशिक लगानीका अधिकांश सडक योजना र सुरुङमार्गको काम ठप्प

पहिरोले हेटौंडा-कुलेखानी-काठमाडौं सडक अवरुद्ध Read Next

पहिरोले हेटौंडा-कुलेखानी-काठमाडौं सडक अवरुद्ध