काठमाडौं । आरम्भ लघुवित्त र चौतारी लघुवित्तले असार २२ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।
गत पुस ९ गते सम्पन्न दुवै कम्पनीको साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकबाट फागुन १८ गते दुवै लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।
अन्तिम स्वीकृति पाएको करिब ४ महिनापछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने भएको हो ।
चौतारी र आरम्भ लघुवित्त १:१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्ज पश्चात दुवै लघुवित्तको एकीकृत चुक्ता पूँजी २६ करोड ३४ लाख बढी हुनेछ ।