काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको १० महीनामा ३ अर्ब २३ करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन अनुमति दिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बोर्डले चालू आवको बैशाख मसान्तसम्ममा पुनर्बीमा कम्पनी, जलविद्युत् कम्पनी, लघुवित्त लगायत कम्पनीको उक्त रकम बराबरको आइपीओ निष्काशन अनुमति दिएको हो ।
यस्तै, बोर्डले समीक्षा अवधिमा २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब ८० करोड रुपैयाँको म्युचुअल फण्ड निष्काशनको अनुमति दिएको छ ।
बोर्डले चालू आवको वैशाखसम्ममा आईपीओ, डिबेन्चर, हकप्रद र म्युचुअल फण्ड गरी कुल ३० अर्ब ८९ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।