असार १० गतेदेखि लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आइपीओ खुल्ने

काठमाडौं । एनआइसी एशिया लघुवित्तले आगामी असार १० गतेदेखि लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।यो लघुवित्त क्षेत्रको हालसम्मकै सबै भन्दा आईपीओ हो । हाल सम्म कुनैपनि लघुवित्त कम्पनीहरुले यस रकम बराबरको आईपीओ निष्काशन गरेका छैनन्।

 

लघुवित्तले निष्कासन गर्न लागेको आइपीओमध्ये ७४ हजार कित्ता (०.५ प्रतिशत) कर्मचारीहका लागि र २ लाख ३७ हजार ८०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

 

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिने छ । छिटोमा असार १० गतेदेखि १४ गतेसम्म र सो अवधिमा पूरै आवेदन नपरेको खण्डमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

इच्छुक लगानीकर्ताले नजिकको एनआइसी एशिया बैंकका शाखा, सानिमा क्यापिटल र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमाम सानिमा क्यापिटल रहेको छ ।

 

हाल १ अर्ब ४५ लाख १० हजार रुपैयाँ रहेको लघुवित्तको आइपीओ निष्काशनपछि १ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ ।

एनआइसी एशिया बैंकका ऋणीले ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट पाउने Read Previous

एनआइसी एशिया बैंकका ऋणीले ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट पाउने

अब भुक्तानी सेवा प्रदायक संस्थाले पनि साधरण सेयर जारी गर्नु पर्ने Read Next

अब भुक्तानी सेवा प्रदायक संस्थाले पनि साधरण सेयर जारी गर्नु पर्ने