सरकारलाई खर्च धान्न झनै गाह्रो हुने, कर उठाउन पाउँ भन्दै दिएको निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं । सरकारी ढुकुटी रित्तो भयो भन्ने सरकारलाई सर्वोच्च अदालतले अर्को झड्का दिएको छ ।

 

लकडाउन हटेपछि मात्र कर तिर्नु भनेर सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पुनरावलोकन गर्न अर्थमन्त्रालले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

 

आइतबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रकाशकुमार ढुंगानाको इजलाशले सरकारले हालेको पुनरावलोकनको सुनुवाइ गर्दै यसअघि अदालतले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै सरकारको निवेदन खारेज गरिदिएको हो ।

 

गत बुधबार सर्वोच्च अदालतले सरकारले असार ७ गते भित्र कर तिर्न दिएको समयसीमा खारेज गरी लकडाउन खुलेको ३० दिन भित्र कर बुझाउन अन्तरिम आदेश दिएको थियो । त्यसपछि अर्थमन्त्रालयले सरकारी खर्च चलाउन गाह्रो हुने भन्दै शुक्रबार सो निर्णय पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिएको थियो ।

 

सर्वोच्चको अन्तरिम आदेशसँगै अब करदाताले लकडाउन खुलेको ३० दिनपछि मात्र कर तिरे हुने भएको छ । सर्वोच्चको यो निर्णयले करदातालाई भने राहत पुगेको छ भने सरकारलाई कर्मचारीको तलब भत्ता खुवाउन झन मुश्किल हुने भएको छ ।

फर्म दर्ता र नवीकरण सेवा पुनः शुरु, इमेलबाट विवरण पठाउन सकिने Read Previous

फर्म दर्ता र नवीकरण सेवा पुनः शुरु, इमेलबाट विवरण पठाउन सकिने

दूध खेर जान नदिन धमाधम चिज, पनिर बनाउँदै डीडीसी, महँगो भाडा तिरेर निजी कोल्ड स्टोरमा राख्नु पर्ने बाध्यता Read Next

दूध खेर जान नदिन धमाधम चिज, पनिर बनाउँदै डीडीसी, महँगो भाडा तिरेर निजी कोल्ड स्टोरमा राख्नु पर्ने बाध्यता