भीडभाड हुने ठाँउमा २ सिफ्टमा बैंक खोल्न राष्ट्र बैंकको निर्देशन, ८ बजेदेखि ६ बजेसम्म खोल्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भीडभाड हुने ठाउँमा सेवाग्राहीको चाप मूल्यांकन गरी दुई सिफ्टमा बैंकका शाखाहरु खोल्न निर्देशन दिएको छ।

 

आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले केन्द्रिय बैंकले सेवाग्राहीको भीडभाड नहुने ठाउँमा साविको समय अनुसार नै र भीडभाड हुने ठाउँमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म शाखा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

 

राष्ट्र बैंकले शाखा कार्यालयहरुमा दूरी कायम हुनेगरी लामबद्ध हुने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । साथै विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न भनेको छ।

 

त्यस्तै बैंकमा प्रत्यक्ष रुपमा सेवाग्राहीसँग सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षाको न्यूनतम उपायहरु अबलम्बन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

नेपालकै सबैभन्दा उच्च स्थानमा सडक बन्दै, मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिँदै Read Previous

नेपालकै सबैभन्दा उच्च स्थानमा सडक बन्दै, मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिँदै

आजदेखि सबै सरकारी कार्यालय दुई सिफ्टमा खुल्दै, स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य Read Next

आजदेखि सबै सरकारी कार्यालय दुई सिफ्टमा खुल्दै, स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य