काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हाल दैनिक रुपमा असुली भइरहेको राजश्वले सरकारको खर्च धान्न सक्ने अवस्था नरहेको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा राजश्व विधेयक बारे छलफलमा उठेका प्रश्नको जवाफदिँदै उनले दैनिक रुपमा उठ्ने राजश्वले सरकारको चालू खर्च व्यहोर्न नपुग्ने अवस्था रहेको बताएका हुन् ।
‘ जेठमा सरकारको अनिवार्य दायित्व करिब ४० अर्बको छ,’ उनले भने, ‘भन्सारबाट मासिक करिब १५ अर्ब उठ्छ । केही अर्ब आन्तरिक राजश्व उठ्छ । बाँकी रकम जोहो गर्न हामीले थप प्रयास गर्नु पर्ने अवस्था छ ।’
अहिले लकडाउन खुकुलो बनाएसँगै व्यपार व्यवसाय क्रमशः चल्दै जाने भएकाले आगामी महिना (असार) मा भने राजश्व अशुली बढ्ने उनको भनाइ छ ।
कोरोनाका कारण सृजित विषम परिस्थितिले उद्योगधन्दा, व्यापार, व्यावसाय सञ्चालन हुन नसक्दा सरकारले आफ्नो खर्च धान्न नै मुश्किल परेको उनले बताए ।टै बनाउने तयारी गरिरहेको बताए ।
उनले सरकारका विभिन्न कोषबाट गएको रोयल्टी पनि कानून संवत ढंगले राजश्वमा दाखिला गरिने बताए । ग्रामीण दूरसञ्चार कोष लगायत अन्य कोषको रकम सरकारी रोयल्टीमा नजोडिएको उनले बताए ।
उनले राजश्व बापत उठेको कतिपय पैसा त्यत्तिकै मुद्दती खातमा बस्ने भएकाले अब त्यसको परिचालन गरिने प्रणली बनाइने बताए ।