काठमाडौं । सरकारले विदेशबाट उद्धार गरी ल्याएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन स्थल बनाउन इच्छुक होटलहरुको नाम सार्वजनिक गरिएको छ ।
होटल एशोसिएशन नेपाल (हान)ले क्वारेन्टिन बनाउन तयारी अवस्थामा रहेका काठमाडौं उपत्यका, चितवन र लुम्बिनीका १५६ होटलको सूची सरकारलाई बुझाएको छ ।
संघका अनुसार काठमाडौंको ठमेलका ३०, राजधानीका अन्य स्थानमा रहेका ५७, चितवनका २६ र लुम्बिनीका ४३ होटल क्वारेन्टिन बन्न इच्छुक देखिएका हुन् ।
सरकारले यसअघि होटल संघ नेपाललाई होटलहरुको नामावली माग गरेको थियो । हालसम्म उल्लेखित होटलको नाम आएको र अन्य क्षेत्रीय संघ तथा इच्छुक होटलहरुको नामावली आए अद्यावधिक गरिने संघले जनाएको छ ।
कुन होटलमा बस्दा कति तिर्नुपर्छ
संघले सार्वजनिक गरेको होटलमा बस्न इच्छुकले सामान्य होटलमा बस्नेले न्यूनतम २ हजारदेखि तारे होटलमा बस्ने अधिकतम ८ हजार रुपैयाँ तिर्नु पर्नेछ ।
संघका अनुसार चारतारे होटलमा क्वारेन्टिन बस्न प्रतिव्यक्ति ८ हजार रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी, तीनतारेमा प्रतिव्यक्ति ६ हजार, दुईतारेमा ५ हजार, एकतारेमा ४ हजार तथा पर्यटक स्ट्यान्डर्ड होटलमा काठमाडौं उपत्यका भित्र ३ हजार र उपत्यका बाहिर प्रतिरात २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
यदि दुईजना मिलेर कोठा सेयरिङमा गरेमा उल्लेखित दरभन्दा केही सस्तो पर्नेछ ।
क्वारेन्टिनका लागि तयार भएका होटल र दररेट :