थप २७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७३ जनामा कोरोना देखिएको हो ।

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २४७ पुरुष र ३६ जना महिलामा कोरोना संक्रमण देखिएको हो।

 

अहिलेसम्म नेपालका ७७ मध्ये ७२ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

 

पछिल्लो २४ घण्टामा ३६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ९१३ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १८ जनाको मृत्यु भएको छ ।

क्वारेन्टिन बनाउन तयार होटलको नाम सार्वजनिक, कुन होटलमा बस्दा कति लाग्छ खर्च (सूचीसहित) Read Previous

क्वारेन्टिन बनाउन तयार होटलको नाम सार्वजनिक, कुन होटलमा बस्दा कति लाग्छ खर्च (सूचीसहित)

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो Read Next

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो