काठमाडौं। कोरोना संक्रमणका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा र पर्साका एक/एक जना गरी दुई जनाको मृत्यु भएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।