रूसबाट बाहिरियो साढे ३३ अर्ब डलर पूँजी

सन् २०२० को जनवरी-मे महिनामा रूसको पूँजी बहिर्गमन १८.८ प्रतिशतले बढेर ३३.५ अर्ब अमेरिकी डलर पुगेको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै रूसी केन्द्रीय बैंकले बिहीबार जानकारी गराएको छ ।

 

रूसको निजी क्षेत्रले सन् २०२० को पहिलो पाँच महिनामा विश्वका अन्य मुलुकमा गरेको लगानी बढेको र यसका कारण बैंकहरूको बाह्य दायित्वहरूको कारोबार रकममा तुलनात्मक रूपमा उल्लेखनीय कटौति भएको बैंकले जनाएको छ ।

 

पहिलो त्रैमासिकमा रूसको व्यापार बचत ४१.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो बचत ४३ अर्ब २० करोड अमेरिकी डलर रहेको थियो । व्यापार बचतमा कमी आउनुलाई प्रतिकूल अन्तर्राष्ट्रिय अवस्था जिम्मेवार भएको बैंकले जनाएको छ ।

 

मुख्यतया देशको बाह्य कर्जा सञ्चालनसम्बन्धी खर्चका कारण यो समयमा रूसको अन्तर्राष्ट्रिय बचतमा २ अर्ब ५० करोड अमेरिकी डलरको कमी आएको छ ।

सौराहाका २९ वटा होटल क्वारेन्टिन बनाउन तयार, बस्नेले दैनिक ३ हजारसम्म तिर्नुपर्ने Read Previous

सौराहाका २९ वटा होटल क्वारेन्टिन बनाउन तयार, बस्नेले दैनिक ३ हजारसम्म तिर्नुपर्ने

चितवनमा जडीबुटी प्रशोधन उद्योग स्थापना, वार्षिक २ हजार लिटर तेल उत्पादन गर्ने Read Next

चितवनमा जडीबुटी प्रशोधन उद्योग स्थापना, वार्षिक २ हजार लिटर तेल उत्पादन गर्ने