काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष घरमा बसेर पुस्तक पढ्दा पनि कर लगाउनु होला भन्ने डर उत्पन्न भएको बताएका छन् ।
संघीय संसद्को प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्तीले गत वर्ष पुस्तक (ज्ञान)मा कर लगाएको, यस वर्ष विद्युतीय गाडीमा कर लगाएको र अर्को वर्ष घरमा बसेर पुस्तक पढ्दा पनि कर लगाउन सक्ने बताएका हुन् ।
‘अर्थमन्त्रीले गत वर्ष ज्ञानमा कर लगाउनु भयो । त्यसले पुगेन, यस वर्ष ब्रेन (भाष परीक्षा)मा समेत कर लगाइएको छ,’ उनले भने, ‘अब अर्को वर्ष घरमा बसेर पुस्तक पढ्दा पनि कर लगाउनुहोला भन्ने डर लागेको छ ।’
लामो सोच विचारले काठमाडौं उपत्यकामा सन् २०२७ सम्ममा विद्युतीय सवारी साधन चल्ने सहर बनाउनु पर्छ भन्ने योजना राखिए पनि अर्थमन्त्रीको गलत निर्णयले त्यसलाई वर्षौ पछि धकेलिदिएको उनले बताए ।
उनले सरकारले कर कर लगाएर होइन रहरले तिर्नु पर्ने वातावरण बनाउनु पर्ने बताए । यसअघि अर्थमन्त्रीकको क्षमतामा मात्रै प्रश्न उठेको भए पनि यस वर्षको बजेटमा गरिएका व्यवस्थाले उनको नियतमा समेत प्रश्न उठेको थापाको भनाइ छ ।