काठमाडौं । लकडाउन अवधिमा सुनको भाउ प्रतितोला करिब साढे १० हजारले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले झण्डै साढे २ महिनापछि तोकेको भाउ अनुसार सुनको मूल्य आज (जेठ २५ गते) छापावाल प्रतितोला ८७ हजार ४०० रुपैयाँ छ।
लकडाउन शुरु हुनु अघि चैत १० गते अन्तिम पटक ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयताको अवधिमा सुनको भाउ १० हजार ४०० रुपैयाँले बढेको हो।
त्यसैगरी चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँले बढेर ९२५ रुपैयाँ पुगेको छ। लकडाउनअघि चाँदीको भाउ प्रतितोला ७२० रुपैयाँ तोकिएको थियो।
सरकारले कोरोना माहामारीको जोखिमलाई मध्यनजर गर्दै देश नै लकडाउन गरेपश्चात महासंघले पनि गत साढे दुर्ड महिनादेखि सुन चाँदीको नयाँ भाउ सार्वजानिक गरेको थिएन।
विभिन्न जिल्लाहरुमा पसलहरु खुल्न थालेकोले सबैको हितलाई ध्यानमा राखेर महासंघले सरकारसँग समन्वय गरी आइतबारबाट मूल्य तोकेको हो ।