पूँजीगत लाभकरको विवाद समाधान गर्न अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । सेयर कारोबार गर्दा लाग्ने पूँजीगत लाभकर गणना सम्बन्धी विवाद समाधान गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । राजस्व सचिव लाल शंकर घिमिरेले नेपाल स्टक एक्सचेन्जलाई पूँजीगत लाभकरको विवाद जतिसक्दो चाँडो समाधान गर्न निर्देशन दिएका हुन् ।

 

सरकारले नयाँ आर्थिक वर्ष (साउन १ गते) देखि भारित औसत विधि (वेटेड एभरेज मेथड) अनुसार लाभकर गणना गर्ने विधि कार्यान्वयनमा ल्याए पछि लगानी कर्ता त्यसको विरोधमा उत्रिएका थिए ।

 

समस्या समाधानको लागि आइतबार अर्थमन्त्रालय पुगेका नेपाल पूँजी बजार लगानीकर्ता संघ सचिव घिमिरेलाई भेट्न मन्त्रालय पुगेका थिए ।
भेटमा लगानीकर्तालाई सम्वोधन गर्दै घिमिरेले यसको विवाद के कसरी समाधान गर्न सकिन्छ भन्दै आवश्यक पहल गर्न निर्देशन दिएका हुन् ।

 

 

भारित औषत लागतका आधारमा पूँजीगत लाभकर गणना गर्दा कट अफ डेटको विषयमा केहि कुरा नमिलेको हुँदा मन्त्रालय सँग छलफल गरेर केहि दिनभित्रै यसको विवाद समाधान हुने बताइएको छ ।

 

राफसाफ नगराउन सिडिएसलाई लगानीकर्ताको अपिल Read Previous

राफसाफ नगराउन सिडिएसलाई लगानीकर्ताको अपिल

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा Read Next

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा