पछिल्लो समय भर्चुअल कुराकानी तथा बैठक गर्नका लागि लोकप्रिय बन्दै गएको ‘जुम एप’ले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ।
जुममार्फत् भएको कुराकानीको गोपनीयता बारे प्रश्न उठिरहेका बेला जुमले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएको छन्।
जुम एपको सबैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षा लगायतलाई सुनिश्चित गर्ने विषेशता सहितका सेवाहरू थप गरिएको बताइएको छ ।
त्यसैगरी पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ, बैठकको समयावधि लगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ।
विश्वभरी कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि घरबाटै कुराकानी तथा बैठक, छलफल गर्न तथा सञ्चार माध्यमहरूले अन्तर्वार्ता लिनका लागि जुमको प्रयोग अत्यधिक हुन थालेको छ।