अब उखु किसानले अनुदान लिन स्थानीय तहमा दर्ता हुनुपर्ने, बैंक खाता पनि अनिवार्य

काठमाडौं । सरकारले उखु किसानलाई अनुदान प्राप्त गर्न सम्बन्धित स्थानीय तहमा दर्ता हुनका लागि अनुरोध गरेको छ ।

 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले एक सूचना जारी गर्दै चिनी मिललाई विक्री गर्ने उखु किसानलाई सम्बन्धित स्थानीय तहमा आफू दर्ता हुन अनुरोध गरेको हो ।

 

किसान दर्ता हुने प्रक्रिया तथा कागजात स्थानीय तहमै उपलब्ध हुने बताइएको छ । सरकारले दिने लागेको अनुदान वितरण सहज बनाउनको लागि पाउने नाम दर्ता गर्न लगाएको हो ।

 

कृषि मन्त्रालयले किसानले आवेदन दिएअनुसार लगत संकलन गरेर अनुदानको व्यवस्था गर्न लागेको जनाएको छ । यो लगत संकलनमा छुटेमा किसानले सरकारी अनुदान पाउने छैनन् ।

 

आफूलाई दर्ता गर्न कृषकको बैंक खाता अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । व्यवस्थाअनुसार स्थानीय तहमा दर्ता नभएका उखु किसानले सरकारको अनुदान पाउने छैनन् ।

 

उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि (दोस्रो संशोधन), २०७५ अनुसार आगामी आर्थिक वर्षदेखि यस्तो व्यवस्था कार्यान्वयन हुन लागेको हो ।

 

उखु उत्पादकलाई अनुदान दिन सरकारले ९५ करोड बजेट छुट्याइएको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त घोषणा गरेका थिए ।

लकडाउन बढेपनि राजस्व तिर्न सरकारले निकाल्यो सूचना Read Previous

लकडाउन बढेपनि राजस्व तिर्न सरकारले निकाल्यो सूचना

निगमको हङकङमा एकै दिन ३ चार्टर्ड उडान, फर्किए ५८२ यात्रु Read Next

निगमको हङकङमा एकै दिन ३ चार्टर्ड उडान, फर्किए ५८२ यात्रु