काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ ।
कम्पनीले यही जेठ ११ गते सीडीएस क्लियरिङमा सर्वसाधरणतर्फको १ करोड ६० लाख कित्ता र संस्थापकतर्फको ८ करोड ४० लाख कित्ता गरी १० करोड कित्ता सेयरअभौतिकीकरण गराएको थियो । सोसँगै सीडीएसले सम्बन्धित सेयरधनीको खातामा सेयर पठाएको हो ।
यससँगै लगानीकर्ताले हाल बन्द रहेको धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नासाथ उक्त सेयर खरीद बिक्री गर्न सक्नेछन्।
कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेर चैत २६ गते बाँडफाँड गरेको थियो।