आगामी वर्ष १३ सय मेगावाट विद्युत् थप हुने, कुन-कुन आयोजनाको काम सकिँदै छ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको विद्युत् प्रणालीमा १ हजार ३०० मेगावाट विद्युत् थप गर्ने भएको छ ।

 

हाल निर्माणाधीन जलविद्युत् आयोजना सम्पन्न गर्ने र निर्माणमा रहेका आयोजनालाई गति दिई अगाडि बढाउने लक्ष्यसमेत राखिएको छ ।

 

चालू आवमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन तथा मध्यभोटेकोशी जलविद्युत् आयोजना आगामी आवमा सम्पन्न गरेरै छाडिने सरकारको योजना रहेको छ ।

 

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको प्रमुख भौतिक पूर्वाधारको काम चालू आवको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

आगामी भदौ/असोजसम्म आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । हाल सो आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

 

सबैभन्दा जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडानको कामसमेत अन्तिम चरणमा पुगेको छ । तोकिएअनुसार काम भएको खण्डमा राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी नै सबैभन्दा पहिले सम्पन्न हुने आयोजनाका रुपमा दर्ज हुने भएको छ ।

 

यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासमेत आनगामी आवमा नै सम्पन्न हुनेछ ।

 

यस्तै साञ्जेनका दुई आयोजनासमेत आगामी आवमा नै सम्पन्न हुने भएका छन् । माथिल्लो साञ्जेन १४.८ मेगावाट क्षमताको हो भने तल्लो साञ्जेन ४२.५ मेगावाट क्षमताको हो ।

 

यस्तै १०२ मेगावाट क्षमताको ध्यभोटेकोशी समेत आगामी आवमा नै सम्पन्न हुनेछ । कोरानाको सङ्क्रमण रोक्नका लागि सरकारले लकडाउन जारी राखेका कारण निर्माणाधीन आयोजनाको काम पर धकेलिएको छ ।

 

यस्तै आगामी आवमा निजी क्षेत्रका केही महत्वपूर्ण आयोजनासमेत सम्पन्न हुनेछन् ।

अब रिचार्ज र सिमकार्डमा २ प्रतिशत कर लाग्ने Read Previous

अब रिचार्ज र सिमकार्डमा २ प्रतिशत कर लाग्ने

कोरोनाबाट अति प्रभावित पर्यटन र हवाई  क्षेत्रका लागि बजेटमा यस्ता छन्  मुख्य कार्यक्रमहरु Read Next

कोरोनाबाट अति प्रभावित पर्यटन र हवाई क्षेत्रका लागि बजेटमा यस्ता छन् मुख्य कार्यक्रमहरु