काठमाडौं । सरकारले आगामी आर्थिकको बजेट सार्वजनिक गर्दै जग्गा प्लटिङलाई रोक्न विशेष कार्यक्रम गर्ने भएको छ ।
आज संसदको संयूक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै अर्थमन्त्री खतिवडाले आगामी वर्षको बजेटले भूमि खण्डिकरणलाई रोक्ने बताएका हुन् ।
यस्तै मालपोतको कामलाई डिजिटाइजेशन गर्ने र महिलाको नाममा जग्गा पास गर्नेलाई थप सहुलियत दिने बजेटमा उल्लेख गरेको छ ।