कोरोनाले अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब नोक्सानी, विदेश जान नपाएकाले ७ दिनमा ऋण पाउने

काठमाडौं । कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा करिब पौने २ खर्ब नोक्सानी हुने अनुमान गरिएको छ ।

 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तेस्रो मौद्रिक समीक्षा गर्दै अर्थतन्त्रमा १६८ अर्ब रुपैयाँ नोक्सानी हुने प्रारम्भिक अनुमान गरेको छ।

 

तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको २.२८ प्रतिशतको अनुमान अन्तरका आधारमा अर्थतन्त्रले चालु आर्थिक वर्षमा १६८ अर्ब नोक्सानी ब्यहोर्ने राष्ट्र बैंकको भनाइ छ।

 

विदेश जान नपाएकालाई ७ दिन भित्र ऋण

 

वैदेशिक रोजगारीमा जान अनुमति लिएका तर कोरोना कारण जान नपाएका व्यक्तिहरुले ७ दिनभित्र ऋण पाउने भएका छन् ।

 

राष्ट्र बैंकका अनुसार संक्रमण जोखिम सकिएपछि मुलुकभित्रै उद्योग व्यवसाय संचालन गर्न कर्जा माग गरेमा निवेदन दिएको ७ दिनभित्र सहुलियतपूर्ण बैंक तथा वित्तीय संस्थाहरुले कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

 

कृषि उद्यम गर्ने युवा, दलित तथा पिछडिएका समुदाय, महिलाले गर्ने व्यवसायलाई लक्षित गर्दै सहुलियत व्याजमा कर्जा दिने व्यवस्था छ। यस्तो ऋणमा बैंकको आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम दर जोडेर ५ प्रतिशत छुट दिने व्यवस्था छ।

 

बैंकिङ प्रणालीमा तरलता सुविधाजनक

 

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सुविधाजनक रहेको जनाएको छ। तथ्यांकअनुसार वैशाख महिनामा प्रणालीमा ४९ अर्बभन्दा बढी तरलता रहेको छ।

 

चालू आर्थिक वर्षमा सरकारले १९५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने योजना बनाएकोमा बचतपत्रसहित १४५ अर्ब रुपैयाँ परिचालन भएको छ।

 

तोकिएका क्षेत्रका ऋणीबाहेक अन्यलाई चौथो त्रैमासमा बुझाउनुपर्ने बैंक तथा वित्तीय संस्थालाई बुझाउने ऋणको व्याजमा २ प्रतिशत छुट दिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

 

त्यस्तै पुनर्कर्जा कोषको सीमा बृद्धि गरी ६० अर्ब पुर्याउने र यसलाई क्रमिक रुपमा बढाउँदै लैजाने बैंकले जनाएको छ। उत्पादनमूलक तथा प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गर्नेले सहुलियत ब्याजमा यस्तो ऋण पाउँछन्।

 

एकैदिन थप ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो Read Previous

एकैदिन थप ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

१३ वटा सार्वजनिक संस्थान घाटामा, ५ वटाको कारोबार शून्य Read Next

१३ वटा सार्वजनिक संस्थान घाटामा, ५ वटाको कारोबार शून्य