काठमाडौं । नेपालमा मंगलबार एकैदिन थप ९० जनामा कोरोना संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा २२, सिराहामा ५, धनुषामा १, कपिलवस्तुमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, बाँकेमा ८, महोत्तरीमा २, बारामा ५, स्याङ्जामा २, सुर्खेतमा १२, जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको देशको विभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म १५५ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।